Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असिना पानीले लाखौँ रुपैयाँ बराबरको काँचो इँटा नष्ट

तनहुँ : केही दिनअघि आएको भीषण हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति पु¥याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

म्याग्दे गाउँपालिकामा रहेको पोख्रेली र माछापुच्छे« ब्रिक फ्याक्ट्रीमा उत्पादन गरिएको ठूलो परिमाणको काँचो इँटामा क्षति पुग्दा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको हो । उत्पादन गरी सुकाउन राखिएको रु चार लाखको इँटामा वर्षाले क्षति पु¥याएको पोख्रेली इँटा उद्योगका सञ्चालक केदारनाथ घिमिरेले बताउनुभयो ।

९० प्रतिशत काँचो इँटामा असिना पानीले क्षति पु¥याएको हो, घिमिरेले भन्नुभयो । माछापुच्छे« ब्रिक फ्याक्ट्रीका प्रोप्राइटर हर्कबहादुर गुरुङले पनि वर्षाले लाखौँ रुपैयाँ बराबरको इँटामा नोक्सानी पु¥याएको बताउनुभयो । उक्त इँटा उद्योगमा ११० जना मजदूरले रोजगारी गर्दै आएको सुभरपाइजर कृष्णहरि काफ्लेले बताउनुभयो ।

वर्षाका कारण तनहुँ जिल्लाका ब्यास नगरपालिका र अन्य गाउँपालिकाभित्र उत्पादित इँटामा समेत वर्षाले ठूलो क्षति पु¥याएको बताइएको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्