Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आउनु अघि मोदी चिन भ्रमणमा जाने, राष्ट्रपति सीसँग शिखर वार्ता

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु अघि नै चीनको भ्रमण गर्ने भएका छन् । मोदी जेठ ११ मा तेस्रो पटक नेपाल आउने तयारी छ । तर, उनको नेपाल आउनु अघि आगामी शुक्रबार नै चीन जाने भएका छन् ।

मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी शुक्रबार र शनिबार दुई दिन अनौपचारिक शिखर वार्ता हुनेछ  । साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलन आगामी जुन ९ र १० मा हुनेछ । त्यसअघि नै सी र मोदीले अनौपचारिक शिखर सम्मेलन गर्ने भएका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटवार्तापछि यस्तो भ्रमण तय भएको बुझिएको छ । एससीओ विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन स्वराजले वाङसँग भेटवार्ता गरेकी हुन् ।

भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच हुने वार्ता दुई देशको सम्बन्धमा कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्