Logo
१२ बैशाख २०८१, बुधबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको एक बर्ष, न नीति न नेतृत्व : महतो भन्छन् ‘पार्टीलाई कसैले फुटाउन सक्दैन’

काठमाडौं ७ बैशाख : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आज पार्टी एकताको बर्षगाँठ मनाउँदैछ । तर एक बर्षमा प्रष्ट नीति तय गर्न सकेन । महाधिवेसन गरेर नेतृत्व नचयन गर्न सकेको छैन । पाँचै जनाले आफ्नै हैसियतमा दावी गरिरहेका छन् ।

यो बिचमा भएका तीनवटै तहको चुनावमा राजपाले बलियो उपस्थित देखाउन सकेन । प्रदेश नम्बर २ मा पनि संघिय समाजवादी फोरम भन्दा कमजोर देखियो । देशभरीको उपस्थित छैन । सरकारमा सहभागिता नहुँदा बार्गेनिङ क्षमता पनि कमजोर बनेको छ ।

संशोधनको विषयमा सहमति भइसकेको छैन । तर, संशोधनका आधारहरु तय भइसकेका भने छैनन । फोरम सरकारमा जाने भएपछि आपूmहरु पनि सरकारमा जानुपर्ने तर्क राजपाभित्र बलियो छ । हुन त वाम गठबन्धनले सरकारमा राजपालाई ल्याउने गरि छलफल अगाडि बढाएको छैन ।

तर, राजपामा नेताहरु नै सरकारमा जाने गरि आफ्नै पहलमा सम्वादमा छ । राजपाभित्र ६ वटा गुट छन् । त्यसैले पनि सरकारमा जान आन्तरिकरुपमै समस्या छ । एकातिर बढीमा ३ वटा मन्त्रालय पाउने संभावना छ । तर, ६ वटा गुटका नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने भएकाले आन्तरिक समस्या जटिल भएको हो ।

राजपाका एक नेताका अनुसार सरकारसँग उपराष्ट्रपति र ३ वटा मन्त्रालय मागिएको थियो । त्यो अवस्थामा राजपाभित्रको एउटा पक्षले महन्थ ठाकुरलाई उपराष्ट्रपतिमा पठाउने लवि गरेको थियो । त्यसैगरी पार्टीमा स्पष्ट रुपमा दुई खेमा देखिएको छ । ठाकुर र महतो गरि २ ओटा खेमा पार्टीमा यतिबेला हावि रहेको छ ।

१७ जना प्रतिनिधिसभाका सांसदमध्ये १० जना राजेन्द्र महतो पक्षधर निर्वा्चित छन् । त्यसैले महतो पक्ष ठाकुरलाई सरकारी कोटामा सेटल गर्न मनसायमा छन् । सोही कारण महतो अहिले वामगठबन्धनको सरकार जानुपर्ने तर्क गरिरहेका छन् ।

पार्टीलाई कसैले फुटाउन सक्दैन

यसैबीच, राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो पार्टीले एक वर्षभित्र जनताका भावना र आकांक्षा अनुसार काम गरेको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्कसँगको कुराकानिमा अध्यक्ष मण्डलका नेता महतोले यस्तो जिकिर गरेका हुन् । उनले भने,‘राजपाको स्थापना बैशाख ७ गते भएको थियो, हामी धेरै ठाउँमा विभाजित थिर्यौं, हामीले एकता आवश्यक छ भनेर भन्यौं, स्थानीयतह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भयो, त्यसमा भाग लियौं, राम्रै स्थान हासिल गर्यौं।’

संगठन र पार्टीको संसदीय दलको नेता छान्न सक्नु भएको छैन् नि भनेर गरिएको प्रशनको जवाफमा उनले भने,‘यसका बारेमा आगामी केन्द्रीय समितिको वैठकले अन्तीम रुप दिनेछ, केही नमिलेको भने पक्कै हो।’ उनले भने,‘हाम्रो पार्टीभित्र सबैको अस्तित्व स्वीकार छ, मिलेर मधेशका जनताको भावना अनुसार अघि बढ्न्पर्छ, सबै कुरा सोचबुझ गरेरै हामी पार्टी एकता गरेका हौं, हाम्रो पार्टी विभाजन हुन, पार्टी कम्जोर हुने सपना समेत नदेख्दा पनि हुन्छ, पार्टी ठूलो छन् नेता धेरै छन्, जिम्मेवारी बाडफाड गरेर अघि जान्छौँ।’

राजपा स्थापना दिवसको अवसरमा के गर्दै हुनुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने,‘हाम्रो पार्टी प्रति साथ सहयोग, सदुभाव राख्ने विभिन्न पार्टीका नेता कार्यकर्ता, सरकारका प्रतिनिधि, पत्रकार, नागरिक समाज लगायत सबैलाई यसै कार्यक्रम मार्फत निम्तो छ, राजधानीको ज्ञानेश्वरमा उपस्थितिका लागि सबैलाई आग्रह गर्दछु।’ राजपाको स्थापना दिवसको अवसरमा अध्यक्ष्य मण्डलका वरिष्ट नेता महन्त ठाकुर स्वास्थ्यका कारण अनुपस्थित हुने भएका छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्