Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्य मन्त्रीका दुई छोरी सामुदायिक विद्यालयमा भर्ना

धनगढी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । बुधबार बिहान एक कार्यक्रमका साथ मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिक -४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनमलाई कक्षा ८ मा र १६ वर्षकी लक्ष्मीलाई कक्षा १० मा भर्ना गराएका हुन् ।

राजनीतिज्ञले आफनो छोराछोरीलाई महंगा निजी विद्यालय तथा विदेशमा पढाउने परम्परा चलिरहेका बेला पत्नी दुर्गालाई साथमा लिएर मुख्यमन्त्री भट्ट यसअघि डोटीको देवस्थल माविमा अध्ययन गर्दै आएकी छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गराउन पुगेका थिए ।

सामुदायिक विद्यालयप्रति अभिभावको आकर्षण घटदै गइरहेका बेला मुख्यमन्त्री भट्टले भर्ना अभियान सञ्चालन भइरहेका बेला दुई छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् । यसले सामुदायिक विद्यालयप्रति अभिभावको विश्वास बढने अपेक्षा छ ।

सरकारीमा छोराछोरी पढाउने वातावरण तयार गर्छौँ : भट्ट
आफनो दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दै मुख्यमन्त्री भट्टले सबैले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने वातावरण प्रदेश सरकारले बनाउने बताए । त्यसका लागि नीति बनाउने कार्य भईरहेको समेत मुख्यमन्त्रीले जानकारी दिए ।

भट्टले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीदेखि राजनीतिज्ञले समेत आफनो छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री पनि सरकारी स्कुलमै पढेका थिए । कक्षा ८ सम्मको अध्ययन गरेका मुख्यमन्त्री भट्ट पनि सरकारी स्कुलमै पढेका हुन् ।

उनी डोटीको के.आई.सिंह गाउँपालिकामा रहेको देवस्थल प्राविमा पढेका थिए । हाल उक्त स्कुलमा कक्षा १० सम्म पढाई हुँदै आएको छ । १४ वर्षको बालापनमै गरिबीका कारण कक्षा ८ मा बढाई छाडदै रोजगारीका लागि भारत पुगेका भट्टल चौकीदारी समेत गरेका थिए ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्