Logo
१९ बैशाख २०८१, बुधबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्दो हिंसा न्युनीकरण गर्ने उद्देश्यले महिला आत्मरक्षा तालीम सञ्चालन

काठमाडौं : महिलामाथिको बढ्दो हिंसा न्युनीकरण गर्ने उद्देश्यले ‘महिला आत्मरक्षा तालीम एवं सचेतना अभियान’ सञ्चालन गरिएको छ ।

महिला स्वयंलाई बल, बुद्धि र विवेक लगाएर हिंसाबाट जोगिने ज्ञान र व्यवहारिक सीप सिकाउन महिला आत्मरक्षा तालीमको आयोजना गरिएको राष्ट्रिय महिला आयोगले जनाएको छ ।

महिलालाई सैद्धान्तिक र मार्सल आर्टका व्यवहारिक एव्म सरल विधिको प्रयोगबाट आत्मसुरक्षा कला सिकाउने तालीमको प्रमुख उद्देश्य रहेको आयोगले जनाएको छ । तालीममा महिला सुरक्षा अभियानमा सम्बद्ध महिला, आयोगको हेल्प लाइन (खबर गरौँ ११४५ शाखा) मा कार्यरत महिला तथा महिला आयोग, केयर नेपाल र महिला अधिकार एवं सुरक्षा क्षेत्रमा क्रियाशील अभियान्ताहरु सहभागी थिए ।

बलात्कारको शिकार हुनबाट कसरी जोगिने, प्रतिकार गर्ने उपाय के के छन्, दैनिक प्रयोगमा आउने मोबाइल, चाबी, पछ्यौरा, पत्रिका जस्ता सामान्य उपयोगका वस्तु कसरी अप्ठेरो अवस्थामा हतियार बन्न सक्छन्लगायतका विषयमा तालीममा जानकारी गराइएको थियो ।

त्यस्तै तालीममा बलात्कार वा अन्य यौनजन्य हिंसाबाट जोगिन अपनाउन सकिने सावधानी, शारीरिक बलको प्रयोग, मार्सल आर्टका व्यवहारिक विधिलगायतका प्रयोगात्मक पक्षमा बारेमा पनि सहभागीलाई प्रशिक्षित गरिएको प्रमुख प्रशिक्षक गिरीबहादुर सुनारले जानकारी दिए ।

सो अवसरमा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले संघ, प्रदेश र स्थानीय तहमा यो तालीमलाई अभियानका रुपमा अगाडी बढाउने बताए। केयर नेपालकी प्रतिनिधि कमलतारा बज्राचार्यले तालीमबाट महिलालाई मानसिक र शारीरिकरुपमा कसरी सुरक्षित हुने भन्ने ज्ञान हासिल भएको बताए ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्