Logo
२९ बैशाख २०८१, शनिबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतीय विश्वविद्यालय द्धारा प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधिको उपाधि

भारत,उत्तराखण्ड:भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणमार्फत भारतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको विश्वविद्यालयसँग नेपालले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । नेपालका ७० प्रतिशत जनता कृषिमा आश्रित भएको बताउँदैै उनले यस विश्वविद्यालयका वैज्ञानिकसँग सहकार्य गरेर नेपालको परम्परागत कृषि प्रणालीलाई  आधुनिकरण गर्ने र त्यसका लागि हामी मिलेर काम गर्न बताए ।

गोविन्दबल्लभ पन्त कृषि एवं प्रविधि विश्वविद्यालयले आफूलाई उपाधि प्रदान गरेर नेपाल–भारतबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याएको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा विश्वविद्यालयस्तरको सम्बन्धलाई पनि अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल र भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ भएको बताउँदै विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई प्रदान गरेको उपाधिले उच्चस्तरको सम्बन्धलाई थप नजिक बनाएको छ भन्नुभयो । प्रधानमन्त्री ओली आफ्नो भारत भ्रमण सकेर आजै साँझ नेपाल फकने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्