Logo
२ जेष्ठ २०८१, बुधबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ लाख रुपैयाँ घुससहित शिक्षा कार्यालय दुई कर्मचारी पक्राउ

पोखरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालय कास्कीका दुई जना कर्मचारीलाई घुससहित शुक्रबार पक्राउ गरेको छ ।

विद्यालय भवन निर्माण गर्दा गलत बिल फछर्यौट गरिदिने भन्दै उनीहरुले १ लाख रुपैयाँ घुस लिएका थिए । पक्राउ पर्नेमा इन्जिनियर प्रदीपकुमार बानियाँ र सब–इन्जिनियर छबिन्द्रविक्रम खाँड छन् । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्