Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिप रुखमा ठोक्किएर दुर्घटनामा हुँदा एकको मृत्यु, पाँच घाइते

इनरुवा : सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर भएको दुर्घटनामा रुवीको मृत्यु भएको छ भने जिपमा सवार पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते हुनेमा धनुषा भरतपुर–२ का ३० वर्षीय बुद्दलाल विक, तनहँु डुम्रे–१ का २२ वर्षीय अशोक अधिकारी, सप्तरी रायपुर–१ का ३५ वर्षीय पवनकुमार यादव, सप्तरी रायपुर–१ का २ वर्षीय कुलदीप यादव र १४ वर्षीय अंशु यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । घाइतेको गोल्डेन अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्