Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् चुहावट भई कपडा पसलमा आगलागी हुँदा १० लाखको क्षति

राजविराज : सप्तरीको जिल्लाको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा बिहिबार आगलागी भएको छ ।

स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रु १० लाखको क्षति भएको बताइएको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब रु १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्