Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत सर्ट भई घरमा आगलागी हँदा रु चालीस लाखको क्षति

विराटनगर : मोरङको रङ्गेली–८ मा गए राति आगलागी हुँदा दुई परिवारको रु ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

आगोलागी हँदा सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उनको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट हुँदा ४० लाख बराबरको क्षति भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उक्त आगलागी विद्युत् सर्टबाट भएको बताइएको छ । स्थानीय जनता, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्