Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुक स्कैन्डलका कारण ९ करोड भन्दा बढी प्रभावीत

केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ । ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई बताएको छ । गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताएका थिए ।

फेसबुकका प्रमुख मार्क जकर्बर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा थप काम गरिने बताएका छन् । एक पत्रकार सम्मेलनमा जकर्बर्गले हाम्रो जिम्मेवारीको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताए । उनले फेसबुकको काम औजारहरू बनाउने मात्र नभई ती औजारहरूलाई प्रयोगकर्ताहरूले कसरी प्रयोग गर्छन् र त्यसबाट के परिणाम निस्कन्छ भन्ने विषयमा समेत जिम्मेवारी लिनुपर्नेमा रहेको बताए । जकर्बर्गले प्रयोगकर्ताका विवरण चुहिने सुविधालाई बन्द गरिसकेको छ र पछिल्लो प्रकरणका विषयमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन गरीने बताए ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्