Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षाले घर भत्किँदा भक्तपुरको चित्तापोलमा पाँचजना घाइते

भक्तपुर : बुधबार बेलुकी परेको पानीका कारण घर भत्किँदा भक्तपुरको चित्तापोलमा पाँचजना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका – १० चित्तपोलको खुलाल गाउँमा विदुर थापाको कच्ची घर भत्किँदा ५० वर्षीया पशुपति थापा, २१ वर्षीया शारदा थापा, १८ वर्षीय उमेश थापा, २१ वर्षीय रोशन थापा र २० वर्षीया सरिना थापा घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्