Logo
२२ बैशाख २०८१, शनिबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कर्पोरेट मार्केटिंग पवन कुमार खड्का र एभरेष्ट बैंक लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक केशव राज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

यो सम्झौतासँगै अब एभरेष्ट बैंक लिमिटेडका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटोछरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सहज हुनुका साथै, जीवन बीमासम्बन्धी सम्पूर्ण सेवासुबिधा प्राप्त गर्न सहजहुने बताइएको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय २४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्