Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा ३ दिने अधारभुत प्राथमिक उपचार तालिम सुरु

रौतहट : जिल्लाको गौरमा नेपाल रेडक्रस सोसाइटी र समुदायिक उत्थानशील परियोजना रौतहट शाखाको आयोजनामा ३ दिने अधारभुत प्राथमिक उपचार तालिम सो सभाहलमा आज देखि सुरु भएको छ। रौतहटको विभिन्न ठाउँहरुमा सानो तिनो घटनाक्रम बढ्न थालेका छन। सो ब्यक्तिहरुलाई समयमा उपचार नपुग्दा ति ब्यक्तिहरुलाई ठूलो बिरामी हुन सक्ने छन । त्यसता ब्यक्तिहरुलाई समयमै उपचार पुर्‍याउनका लागि बौद्धिमाई नगरपालिका स्थित सरमुजवा टोलका २४ जना ब्यक्तिलाई आज देखि ३ दिने अधारभुत प्रथमिक उपचार तालिम गराई रहेका छन ।

यश भन्दा पहिला सोही रेडक्रस सोसाइटीबाट धेरै जनालाई प्राथमिक उपचार तालिम सिकाई सेवा दिई रहेका छन । सो कार्यक्रमको प्रमुख अतिथिमा मन्त्री राम बिनोद गिरी,जिल्ला सभापतित्व संजिव कुमार मल्लिक,अतिथि तेजनरायण , गोविन्द , प्रशिक्षक दिपेन्द्र प्रशाद यादव,सोममाया सहित बिधार्थीहरुको उपस्थिति रहेको थियो। रौतहट जिल्लामा २०२७ सालमा रेडक्रस सोसाइटीको स्थापना भएको थियो। स्थापना हुन साथ सोसाइटीका सदस्यहरु नि-शुल्क सेवा दिने सुरु गरेको थियो। यो कुनै सरकारी संस्था नभए पनि कुनै किसिमको लोभ राखेको छैन।बेला बेलामा विभिन्न गाउँका युवाहरुलाई बोलाई विभिन्न तालिमहरु दिने गर्दछन।

यसपालिका सबै बिधार्थीहरु सरमुजवा टोलकै रहेको सभापति मल्लिकले जनाएको छ।३ दिने अधारभुत उपचार तालिममा घाइतेको जाँच,बेहोसी,श्वास प्रश्वास समस्या ,रक्तस्राव र क्षोभ,टाउको र मेरुदण्डको चोट,घाउ चोटपटक र पट्टीहरु,पोलाई तथा करेन्ट लाग्नु सहित प्रथमिक उपचारमा पर्ने सबै उपचारको बारेका तालिम दिने जनाएको छ। तालिम प्राप्त भएपछि सो गाउँमा भएको सानातिना घट्नाको उपचारमा खटाईने छन ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्