Logo
६ जेष्ठ २०८१, आईतबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक नियम उल्लंघन गर्नेलाई अब हिरासतमा बस्नु पर्ने

काठमाडौं : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ट्राफिक नियम उल्लंघन गर्नेलाई एक रात हिरासतमा राख्न शुरु गरेको छ। साना खालका कारबाहीलाई सबैले सहजरुपमा लिने गरेकाले केही विशेष अवस्थाका ट्राफिक नियम उल्ल‌ंघन गरेको अवस्थामा हिरासतमा राख्नेदेखि दुई हजार रुपैयाँसम्म जरीवाना तिराउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए।

ट्राफिक प्रहरी प्रमुख रानाभाट भन्छन, ‘ट्राफिक प्रहरीले यस खालको कारबाही सबैभन्दा बढी मोडीफाइ गरी चर्को आवाज निकाली पड्काउँदै मोटरसाइकल हाँक्ने र सवारी चालक अनुमतिपत्र बिना नै सवारी चलाउनेलाई गर्नेछ।’ चर्को आवाजमा मोटरसाइकल चलाउने गरेको भन्दै नागरिकहरुले ट्राफिक प्रहरीमा गुनासो गरेका कारण चेकजाँचमा पनि मोडिफाइ गरिएका र चर्को आवाज निकाल्नेहरुलाई विशेष ध्यान दिइएको ट्राफिक प्रहरी जवान सुदीप सापकोटाले बताए।

यही क्रममा ट्राफिक प्रहरीले अनुमतिपत्र बिना नै सवारी चलाएका तथा दुर्घटना गराएर भागेका केही व्यक्तिहरुलाई कारबाही समेत गरिसकेको छ। उनीहरुलाई नयाँ कारबाही अन्तर्गत एक रात हिरासतमा राख्नुका साथै दुई हजार रुपैयाँ जरिवाना तिराइएको छ। यसैगरी, सवारी चेकजाँचका क्रममा नियम उल्लंघन गरेको देखिएमा तत्कालै एक मिनेट चालक र सहचालकलाई ट्राफिक नियमबारे जानकारी दिने गरिएको पनि ट्राफिक प्रहरी प्रमुख रानाभाटले बताए।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्