Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्सी खाएर शुशीलले जहाजमै ताण्डव गरे पछी………

काठमाडौं : शुक्रबार बिहान चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर दुबईबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज उडेको दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्‍यो।

दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुर्व्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो।त्यही जहाजमा रहेका केही यात्रुका अनुसार रतेलले जहाज चढ्नुअघि नै दुबईमा मदिरा पिइसकेका थिए। निगमले भने यो रुटमा यात्रुलाई खानाबाहेक मदिरा दिने गरेको छैन।

एयरहोस्टेसले पानी, जुस, खाना, जे दिए पनि रतेलले फ्याँक्न थालेपछि उनीसँग आएका साथीले त्यसो नगर्न भन्दा उल्टै हातपात गरेका थिए। करिब २० मिनेट असामान्य व्यवहार देखाएपछि केही यात्रुले रतेललाई भुइँमा लडाइँ थिचेर बाँधेका थिए।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्