Logo
६ जेष्ठ २०८१, आईतबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसइई परीक्षा दिएर घर फर्कदै गरेका विद्यार्थीको बस दुर्घटनामा मृत्यु

काठमाडौं : रामेछाप गोकुलगंगा गाउँपालिका २ ठोसेमा अरनिको सुपर एक्सप्रेस बस आइतबार अपरान्ह दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उमाकुण्ड गाउँपालिका ३ बाम्तीका १८ वर्षीय सुवास गजमेरको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो । गजमेर एसइई परीक्षा दिएर घर फर्केका थिए ।

गाडी उकालो चढ्दै गर्दा टायर पञ्चर भएर सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । काठमाडौंबाट रामेछाको बाम्ती जाँदै गरेको बा.३ ख २६९५ नम्बर बस ठोसेस्थित दोर्जेको उकालोमा दुर्घटनामा परेको हो ।

घाइतेहरुलाई उपचारको लागि दोलखाको जिरी अस्तलात पठाइएको प्रहरी टोली जिल्ला प्रहरी कार्यालय रामेछापले जानकरी दिएको छ । दुर्घटना भएका गाडीमा अधिकांश एसइई परीक्षा दिएर घर फर्केका विद्यार्थी रहेको बताइएको छ ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्