Logo
६ जेष्ठ २०८१, आईतबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगलागी हुँदा सुनसरीमा १६ घर जलेर नष्ट

काठमाडौं : सुनसरीको कोशी गाउँपालीका ६ श्रीपुरमा आगलागी हुँदा १६ घर जलेर नष्ट भएको छ । आज आइतबार अपराहन्ह १२ः३० बजेको समय स्थानीय जगदीश महात्माको थरेसरबाट आगलागी भएको स्थानीयहरुले जानकारी गराएका छन् ।

आगलागीमा साधुलाल महात्मा सहितका गरी ८ वटा टिनको घर र ८ वटा फुसको भान्सा घर गरी १६ वटा घर जलेर नष्ट भएको छ । आगलागीमा अन्दाजी ३५ लाख बराबरको क्षति भएको जनाइएको छ ।

आगलागीलाई २ घन्टापछि इटहरी,इनरुवा,झुम्का तथा भारतको बिहारबाट आएको दमकल, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको थियो ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्