Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसी सरकारले चालेको कदमप्रति अमेरिका आक्रोशित

अमेरिका: अमेरिकी विदेश मन्त्रालयले आफ्ना ६० कूटनीतिज्ञलाई रुसी सरकारले आधारहीन ढंगले देशनिकाला गरेको बताएको छ । रुसी विदेशमन्त्री सर्गेइ लावरोवले सेन्ट पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट ४८ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि अमेरिकी प्रतिक्रिया आएको हो । नियमित कूटनीतिक खेलमा जस्तालाई त्यस्तै ढंङ्गले प्रतिक्रिया जनाउनु स्वभाविक मानिन्छ ।

तर २० भन्दा बढी देशहरू र रुसबीच केही समययता बढ्दै गएको तनाव वर्षौ यताकै उच्च विन्दुमा पुग्न लागेको छ ।यसै हप्ताको सुरूमा वासिङटनले मस्कोविरुद्ध दुई ब्रिटिश नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोप लगाइरहेको ब्रिटेनलाई समर्थन गर्दै ६० जना रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने बताएको थियो । त्यसको जवाफमा मस्कोले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएपछि अमेरकी विदेशमन्त्रालयले रुस अरू देशहरूसँग राम्रो सम्बन्ध कायम गर्न अनिच्छुक रहेको टिप्पणी गरेको छ ।

विदेशमन्त्रालयकी प्रवक्ता हेदर नावर्टले रूसले गैरकानूनी रुपमा रासायनिक हमला गरेको जिम्मेवारी स्विकार्नु परिपक्व कदम हुने उल्लेख गरिन् । उनले अमेरिकासँग थप प्रतिक्रिया जनाउने अधिकार रहेको पनि बताएकी छिन् ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्