Logo
५ जेष्ठ २०८१, शनिबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्ययण रिर्पोट : सेक्स सम्बन्धी अश्लिल सन्देश पठाउनेमा महिला अगाडी

हालै गरिएको एक अध्ययनले यौंन सम्बन्धी छाडा कुरा र झुटा सन्देश पठाउनेमा पुरुष भन्दा महिला अगाडि रहेको तथ्य फेला परेको छ । अध्ययनमा सहभागी भएका मध्ये २४ प्रतिशत पुरुषले यस्ता सन्देश पठाउने गरेको पाइयो भने करिव दोब्बर ४५ प्रतिशत महिलाले यस्तो सन्देश आदान प्रदान गर्ने गरेको तथ्य फेला परेको हो ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयका सहप्राध्यापक मिसेले डोउरिनले अध्ययनका क्रममा सेक्स सम्बन्धी छाडा सन्देश पठाउँदा झुटो बोल्ने गरेको पाएको बताइन् । पार्टनरालाई खुसी तुल्याउन यस्तो झुटो बोल्ने गरेको अध्ययनमा सहभागीले बताएको मिसेले बताइन ।

त्यसैगरी पुरुषलाई खुसी तुल्याउन पनि महिलाले यौन सम्बन्धी झुटा कुरा बोल्ने गरेको अध्ययनका क्रममा देखियो । अनुसन्धानकर्ताहरुले कलेजका १५५ जना छात्रछात्राबीच यस्तो अश्लिल सन्देशका विषयमा अध्ययन गरेका थिए ।

६२ जना महिला र ९३ जना पुरुषले यो अध्ययनमा सहभागिता जनाएका थिए । महिलाहरुले पुरुषलाई मुडमा ल्याउनका लागि झुटो यौनजन्य सन्देश पठाउने गरेको बताइएको छ । यो अध्यन जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा प्रकाशित छ ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्