Logo
३० बैशाख २०८१, आईतबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपा निकट प्राज्ञिक विद्यार्थी परिषद्को सातौं राष्ट्रिय अधिवेशन पोखरामा

पोखरा : भारतको आरएसएसको नेपाल आङ्गगिक संस्था एचएसएस अर्थात हिन्दु स्वयंसेवक संघको बिद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौं राष्ट्रिय अधिवेश यही १७ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ ।

अधिवेशनले मुलुकको संघीय संरचनाअनुसार शैक्षिक नीति निर्माणका लागि शैक्षिक, सामाजिक, आर्थिक एवं राजनीतिलगायत समसामयिक प्रस्ताव पारित गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अधिवेशनमा ओखलढुंगाका सफल कृषक लोचन बस्नेतलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा सम्मानित गरिने र अधिवेशनमा ७७ जिल्लाका एक हजार भन्दा बढी विद्यार्थी प्रतिनिधिको सहभागिता रहने परिषद्का महासचिव रमेश कँडेलले बताउनुभयो । आरएसएस अर्थात राष्ट्रिय स्वयंसेवक संघ भने भारत स्थित भारतीय जनता पार्टीको मतृसंस्था हो ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्