Logo
२९ बैशाख २०८१, शनिबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वर्षीय छोरालाई अमानविय शारिरिक यातना, श्रीमानको उजुरी, श्रीमती पक्राउ

बिराटनगर : ६ वर्षीय छोरालाई आइरनले डामेर अमानवीय यातना दिएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–३ की सरला पौडेल काफ्लेलाई पक्राउ गरेको छ । उनीविरुद्ध बुधबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । श्रीमानसंग सम्वन्ध विच्छेद भएपछी ६ वर्षिय छोरालाई लिएर वस्दै आएकी पौडेलले छोरालाई तातो आइरनले पोलेर जिउभरी डामेरर शारिरिक र मानसिक यातना दिने गरेको थाहा पाएपछी प्रहरीले उनलाई पक्राउ गरेको हो । छोरालाई घरको कोठमा राखेर यातना दिने गरेको वालक पढने वोर्डिङ स्कुुलवाट शिक्षकहरुले थाहा पाएपछी यो विषय वाहिर आएको हो ।

वालकका वुुवा विक्रम पौडेलले दिएको जाहिरीको आधारमा सरलालाई प्रहरीले पक्राउ गरेको हो । सरलाले छोरा सवनमलाई मंगलबार बिहान आइरनले डामेर गम्भीर घाइते बनाएकी थिइन् । उनको विराट नर्सिङ होममा उपचार भएको छ । अस्पतालले बुधबार डिस्चार्च गरेपछि उनलाई बुबा विक्रम काफ्लेले घर लिएर गएको छिमेकी दीपक चापागाईंले बताए ।मोरङका एसपी अरुण बिसीका अनुसार मंगलबार बिहान पढ्न नमानेको भन्दै सरलाले छोरालाई आइरनले डामेर चरम यातना दिएकी थिइन् । घाइते छोरालाई उपचार गराउनुको साटो उनले उल्टै विद्यालय पठाएकी थिइन् । सवनम घाइते भएको उनको विद्यालय अन्नपूर्ण बोर्डिङ स्कुलका शिक्षकले पत्ता लगाएका थिए ।

बच्चा इन्तु न चिन्तु अवस्थामा देखेपछि उनीहरूले सोधपुछ गरेका थिए । बच्चाको कपडा खोलेर हेर्दा शरीरभरि पोलेको डाम देखेपछि विद्यालयले नै प्रहरी र अन्य अभिभावक बोलाएको थियो । प्रहरीले आमा सरलालाई विद्यालयबाटै पक्राउ गरेको छिमेकी चापागाईंले बताए । विद्यालयले नै बाबु विक्रमलाई खबर गरेको थियो । उनी काठमाडौं बस्दै आएका छन् । उनको श्रीमती सरलासँग राम्रो सम्बन्ध छैन । उनीहरूको सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ । सरलाले सम्बन्धविच्छेद दिन नमानेका कारण मुद्दा लम्बिएको छिमेकी दीपक चापागाईंले बताए ।

विराटनगर घरमा आमा–छोरा मात्र बस्दै आएका थिए । विक्रमले छोरालाई आफूसँगै लैजान चाहे पनि सरलाले आफ्नो अधिकार भएको भन्दै दिएकी थिइनन् । छिमेकी चापागाईंका अनुसार सरलाले यसअघि पनि पटकपटक छोरा सवनमलाई पिट्ने गरेकी थिइन् । नियमित यातनाले बच्चालाई मानसिक आघात परेको चापागाईंले बताए । राम्रो काउन्सिलिङ नभए बच्चाको भविष्य बिग्रने उनले चिन्ता व्यक्त गरे । चापागाईंका अनुसार सरलाले अर्थशास्त्रमा एमए गरेकी छिन् ।

सम्बन्धविच्छेदको प्रक्रियामा आमा–बुबा
सवनमका बुबा विक्रम र आमा सरलाबीच अदालतमा सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ । उनीहरूको सात वर्ष पहिला विवाह भएको थियो । सम्बन्धविच्छेदको प्रक्रिया सुरु भएपछि एक मात्र छोरा सवनम आमासँग थिए । विक्रम भने आफ्ना बाबुआमासहित काठमाडौं बस्दै आएका छन् ।

बुवा विक्रमले दिए प्रहरीमा जाहेरी
विद्यालयले सवनम गम्भीर घाइते भएको जानकारी दिएपछि काठमाडौं बस्दै आएका बुवा विक्रम मंगलबार साँझकै फ्लाइटबाट विराटनगर आए । उनले नै प्रहरीमा जाहेरी दिएका हुन् । जाहेरीमा उनले चरम यातना दिएर छोराको हत्या प्रयास गरिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्