Logo
२४ बैशाख २०८१, सोमबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयका भित्ताहरुमा ‘पहेंलो रंग’ नै किन ? कतै यो ‘मण्डले राष्ट्रबादी सोच’ त हैन ?

केपी ओलीको सरकारले देशभरका विद्यालयका भित्तामा ‘पहेंलो रंग’ लगाउन उर्दी जारी गरेछ । विद्यालयको भौतिक सुधार, शिक्षाको गुणस्तरमा बढोत्तरी र विद्यालयलाई राजनीतिमुक्त बनाउनुको साटो रुप र रंगमा परिवर्तन गर्नतिर लागेको देखियो ।

पहेंलो रंग ‘उज्यालो र बुद्धीजीवि बर्गलाई मनपर्ने रंग हो’ भन्ने दलीय दिइएको रहेछ । ‘बुद्धीजीवी बर्गलाई पहेंलो रंग मनपर्ने’ कुरा बृहत सर्वेक्षणको निश्कर्ष हो की ? शिक्षा विभागका मानिसहरुको हचुवाकै निश्कर्ष हो ? म पनि सानोतिनो बुद्धीजीवी नै हुँ, मलाई त पहेंलो हैन, हरियो मनपर्छ ।

किनकी हरियो रंगले आँखा तेजीलो बनाउँछ । मेरो विचारमा पहेंलोको साटो स्कुलका भित्ताहरु हरियो बनाउने हो भने अक्षर पढने केटाकेटीको आँखा तेजिलो हुन्थ्यो । किनकी, रंगको सम्बन्ध हाम्रो आँखासँग हुन्छ र आँखालाइ स्वस्थ राख्ने रंग हरियो नै हो ।

त्यसमाथि यो गणतन्त्रमा छत्तिस सालको जनमत संग्रहमा मण्डलेहरुले रोजेको पँहेलो रंग नै स्कुलका भित्ताहरुमा पोत्न लगाइनुका पछाडि कतै यो सरकारको ‘मण्डले राष्ट्रबादी सोच’ कै करामत त हैन ? @कुसुम भट्टराई 

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्