Logo
६ जेष्ठ २०८१, आईतबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुशवाहा समुदायका डाक्टर मेहताको चर्चामा नयाँ गीत-“तिम्रो आखा”

काठमाडौं :  अर्थोपेडिक सर्जन अनि गायक डाक्टर बिक्रान्त मेहताको नयाँ गीत “तिम्रो आखा मेरो आखा” गीतको म्युजिक भिडियोले पछिल्लो समय चर्चा कमाएको छ । गितकार नारायण खरेल र अनि स्वयम् डाक्टर बिक्रान्तको शब्द रचना रहेको यस गीत सबैको मन मुटुमा बस्न सफल भएको छ ।

गीतमा बसन्त सापकोटाको संगित रहेको छ भने गायक बिक्रान्त मेहताकै आवाज रहेको छ । धेरै नै चलचित्रका गितमा आफ्नो आवाज दिईसकेका डा. मेहता पेशा सँगै गायनमा संक्रिय छन् र केहि म्युजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् यो पटकको भिडियोमा प्रियंका कार्की संग अभिनय गरेका छन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीले भिडीयोको निर्देशन गरेका छन् ।

रौतहट स्थित डुमरिया घरभई काठमाडौं स्थित ट्रमा सेन्टरमा कार्यरत डा. मेहता कुशवाहा समुदायका हुन् । नेपालमा निकै लाखौं कुशवाहाको बसोबास रहेपनि गायन क्षेत्रमा भने यस समुदायको उपस्थिती सुन्य बराबर नै रहेको छ । प्ररही सेवामा रहेका सुनसरीका झोटन मेहता पछि डा. मेहता चर्चामा आएका हुन् । झोटनले राष्ट्रिय गित ल्यार लेखेर चर्चामा आएका थिए ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्