Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यार्थी ओलीले बनाए फोन गरेर भात पकाउन आदेश दिने उपकरण

रुकुम(पश्चिम) : फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, रुकुम(पश्चिम)का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् । सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण बनाएका हुन् ।

दाङको पद्मोदय नमुना माविमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्यनरत ओलीले फोन गरेर घरमा रहेको राइसकुकरमा भात पकाउन सकिने उपकरणको आविष्कार गरेर सबैलाई अचम्मित पारेका छन् । ओलीका अनुसार यस उपकरणले राइसकुकर मात्र नभई सम्पूर्ण विद्युतीय उपकरण खोल्न र बन्द गर्न मिल्छ ।

दुई वर्षअगाडि एकजना शिक्षकले कुनै प्रसंगमा १० वर्षपछि मोबाइलबाटै फोन गरेर भात पकाउन मिल्ने राइसकुकर बन्न सक्छ भनेको कुराबाट प्रेरित भएर आफूले यो उपकरण बनाएको ओलीले बताए भन्दै नयाँ पत्रिकामा समाचार छ । ‘दुई वर्षअघि एकजना सरले व्यक्त गरेको त्यो भनाइले मभित्र एक किसिमको उत्साह पैदा भयो,’ ओलीले भने, ‘त्यसपछि यस्तो पनि सम्भव होला त भनेर दिनरात सोच्न थालेँ । अहिले आएर सरले भनेकैजस्तो उपकरण बनाउन सफल भएँ ।’

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्