Logo
१६ बैशाख २०८१, आईतबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको परीक्षामा भेटिए नक्कली परीक्षार्थी, ८ महिला सहित १२ जना पक्राउ

काठमाडौं : नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भेटिएको छ । शनिबार विभिन्न परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । यसअघि सुरक्षा निकायमा परीक्षामा यसरी नक्कली परीक्षार्थी भेटिने गरेका थिएनन् ।

शैक्षिक परीक्षाहरुमा अहिले नक्कली परीक्षार्थीको बिगबिगी हुने गरेको छ । शनिबार पक्राउ परेकामध्ये ८ जना महिला छन् । प्रहरीले सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षर्थीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

उनकाअनुसार आरआर कलेजबाट एकजना फर्जी परीक्षार्थी पनि समातिएका छन् । उनीहरु सबैले अर्काको नाममा परीक्षा दिँदै थिए । आफ्नो परीक्षा दिन अरुलाई पठाउने एक जना पनि पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको पोखरेलले बताए ।

कमजोर परीक्षार्थीले आर्थिक मिलेमतो गरेर नक्कली परीक्षार्थी पठाउने गरेका छन् । कतिपय भने आफन्त तथा साथीसंगी पनि यस्तो काममा संलग्न हुने गरेका छन् ।

 

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्