Logo
६ जेष्ठ २०८१, आईतबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इमाडोलमा १५ मिनेटको अबधिमा ५ बढी ग्यास सिलिन्डर पढ्किए

काठमाडौं : ललितपुर इमाडोलमा आगलागी भएको खबर छ, ग्वार्को देखि करिब आधा किलोमिटर दुरीमा उक्त घटना भएको हो । ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर रहेको बताएको छ । करिब १५ मिनेटको अबधिमा ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय बासिन्दा भने त्रसित भएका छन् । प्रहरीका अनुसार ललितपुर, भक्तपुर त्यस्तै काठमाडौँ बाटदमकल आउने क्रम जारि रहेको छ । आगलागी भएको स्थानमा टहरा रहेको थियो भने घटना स्थलको बिस्तृत जानकारी आउन बाकि रहेको छ । स्थानीय बासिन्दाका अनुसार शनिबार का दिन घरमा बस्ने परिवार प्रार्थनाको लागि चर्च गएका बेला आगलगी भएको बताएको छ ।

उक्त बिस्फोटपछि इमाडोलमा फर्निचर उद्योगको टहरामा लागेको आगो नियन्त्रणमा आएको छ । शनिबार विहान आगलागी हुँदा टहरामा राखेको ५ ओटा ग्यासको सिलिन्डर पड्केको थियो । एक वर्षअघि फर्निचर उद्योग सञ्चालन गरिँदै आएको टहरामा केही काठ जलेको ललितपुर प्रहरीले जनाएको छ । आगलागी भएपछि तत्काल दमकल र प्रहरीको टोली घटनास्थल पुगेको थियो । आगो कसरी लाग्यो भन्ने अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्