Logo
२९ बैशाख २०८१, शनिबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिट चोर्न पाउनुपर्ने भन्दै जनकपुरका स्नातकोतर र स्नातकका विद्यार्थीहरु आन्दोलित

धनुषा : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अनुगमन टोलीले परीक्षामा कडाई गरेपछि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । त्रिविको टोलीले स्नातकोत्तर दोस्रो र स्नातक चौथो वर्षको परीक्षामा कडाइ गरेपछि जनकपुरको रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसका परीक्षार्थी शुक्रवार प्रदर्शनमा उतारिएका हुन् । परीक्षार्थीले नियमित पढाइ नभएकाले परीक्षामा कडाइ गर्न नमिल्ने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उतारिएका परीक्षार्थीले भने । ‘पढाउने बेलामा क्याम्पस प्रमुख र त्रिविले कुनै पहल नगर्ने र परीक्षामा कडाइ गरेर विद्यार्थीको भविष्यसँग खेलबाड गर्न मिल्दैन,’

राराब क्याम्पसमा भइरहेको परीक्षामा चिट चोरी भइरहेको गुनासोपछि त्रिविले सह–नियन्त्रक अखिलेश कुमार सिंहलाई जनकपुर खटाएको थियो । उनी आएदेखि नै परीक्षामा कडाइ गरिएको छ । त्रिविका सह–नियन्त्रक सिंहले मंगलबारदेखि परीक्षामा कडाइ गर्दै चिट चोरी गर्ने विद्यार्थीलाई निष्कासित गर्न थालेका छन् । परीक्षा केन्द्रमा मोबाइल प्रयोग गरेर प्रशनपत्र बाहिर पठाउने र बाहिर तयार पारिएका चिटबाट चोरी गरेर उत्तरपुस्तिका सार्ने गरिन्थ्यो ।

अहिले परीक्षा हलमा मोबाइलको प्रयोगमा रोक लगाइएको छ ।  स्नातकोत्तर दोस्रो वर्षको परीक्षामा मंगलबारदेखि शुक्रवारसम्म चिट चोरी गरेका १ सय ४३ जना विद्यार्थीलाई निष्कासन गरिएको त्रिविका सह–नियन्त्रण सिंहले जानकारी दिए । त्रिविले स्नातकतहको परीक्षामा समेत निगरानी बढाएको उनले बताए । स्नातक परीक्षाको अनुगनका क्रममा शुक्रवार राराब क्याम्पसबाट ४ जना र राजर्षि जनक क्याम्पसको परीक्षा केन्द्रबाट ३ जना गरी ७ जना परीक्षार्थीलाई चिट चोरेकै आरोपमा निष्कासन गरिएको छ ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्