Logo
६ जेष्ठ २०८१, आईतबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा राउतले सफाई गर्ने : ‘मुख्यमन्त्री स्वच्छता अभियान’को घोषणा

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ घोषणा गरेका छन् । विहिवार प्रदेश २ को सिरहालाई प्रदेशको पहिलो खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छता अभियान’ घोषणा गरेका हुन् ।

मुख्य मन्त्री राउतले स्वच्छता मानव विकासको पहिलो खुटकिलो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले स्वच्छता अभियानलाई नीति तथा कार्यक्रममा समेटेर बजेट पनि व्‍यवस्था जानकारी दिएका छन् । प्रदेशलाई सफा बनाउन आफू प्रदेशका आठै जिल्लाको सडकमा झाडू लिएर उत्रिने उद्घोषसमेत गरेका छन् ।

मुख्यमन्त्री राउतले मानव विकास सूचकांकमा धेरै पछाडि रहेको प्रदेश २ लाई स्वास्थ्य, शिक्षा, र रोजगारमा ठूलै फडको मार्नु पर्ने आवश्यकता औल्याउदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।‘अहिलेसम्म हाम्रो विकास भएन भन्ने हामी भन्दै थियौ तर अब जिम्मेवारी हाम्रै काँधमा आएको छ । सबैलाई मिलेर यो जिम्मेवारीलाई पुरा गर्नुपर्छ’ उनले भने ‘जनप्रतिनिधिहरुलाई सबैभन्दा बढी इमान्दारीका साथ अगाडि बढ्‍नु पर्नेमा जोड दिए ।

भ्रष्टाचार यस प्रदेशको सबै भन्दा ठूलो समस्या रहेको बताउदै मुख्यमन्त्री राउतले सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेकाले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि छुट निदिइने चेतावनी समेत दिए ।उनले सर्वसाधारणलाई ‘कर्मचारी वा जनप्रतिनिधिले कुनै पनि काममा अनियमितता वा ढिलासुस्ती गरेमा तत्काल उजुरी आग्रह समेत गरे ।

मुलुकको ४८ औ खुल्ला दिशामुक्त जिल्ला बनेको सिरहाका स्थानीय तथा अभियानीहरुलाई बधाई दिदै मुख्यमन्त्री राउतले प्रदेशको बाँकी जिल्लाको लागि सिरहा मार्ग दर्शक बन्ने बताए ।

 

 

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्