Logo
६ जेष्ठ २०८१, आईतबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लालबाबुको अभिव्यक्ति हुकुमी छन्, फिर्ता लिनुपर्छ : नेता कर्मचारी

काठमाडौं : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र विभिन्न कर्मचारी संगठनका नेताले स्वेच्छिक अवकाश कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर रअन्य समस्यामा परेर नगएको भए पनि अधिकांश कर्मचारी खटाएको स्थानमा गएर काम गरिहरेको उनको जिकिर थियो ।

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति हुकुमी भएको आरोप लगाए । ‘पछिल्लो समयमा उहाँले जुन रुपमा कर्मचारीमाथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरु खटाइएको स्थानमा गइसकेका छन्’ उनले भने ।

उनले थपे,’खटाइएको स्थानमा पुगेर कर्मचारीहरुले हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छैन यीलगायत यावत समस्याहरु हामीले सुन्नुपरेको छ’ ढकालले भने । नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले हुकुमी शैलीमा कर्मचारीलाई धम्की दिइएको भन्दै यस्ता गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।

‘जिम्मेवार व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीहरुलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्ने कुराको बारेमा जानकारी हुनुपर्छ, दानापानी बन्द गर्छु, मानसिक सन्तुलन गुमाएको जस्ता शब्दहरु मन्त्रीले फिर्ता लिनुपर्छ’ उनले भने ।नेपाल निजामती कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमा निराशा आएको गुनासो गरे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेको जिकिर गरेका छन् । उनले भने, ‘कर्मचारी खटाएको ठाउँमा जानु भएको छ, सरकारले लगाएको आरोप निराधार छ ।’ मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले सरकारले उचित किसिमको काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्