Logo
७ जेष्ठ २०८१, सोमबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड निवास खुमलटार जाने सडक १ महीनाभित्र कालोपत्रे हुने

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नयाँ निवास खुमलटार जाने सडक वैशाख १५ गतेभित्र कालोपत्रे हुने भएको छ । ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडक निर्माणमा प्रगति नभएको भन्दै विरोधमा स्थानीय वासिन्दाले गत बुधबारदेखि सडक बन्द गराएका थिए ।

प्रचण्डको सचिवालयका अनुसार उनले स्थानीय वासिन्दाको भावना बुझेर तत्काल सडक निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । प्रचण्ड लाजिम्पाटबाट खुमलटारमा बसाइ सरेपछि त्यस क्षेत्रका वासिन्दाले सडक कालोपत्रेको पहल गर्न माग गरेका थिए ।

प्रचण्डले सुनाकोठी, चापागाउँलगायत ललितपुर जिल्लाका थुप्रै क्षेत्र जोड्ने उक्त सडक कालोपत्रे गर्न मुख्य सचिव, यातायात मन्त्रालयका सचिव र सडक विभागका निर्देशकसँग छलफल गरेका थिए ।

सडक निर्माणको काममा ढिलासुस्ती हुन नदिन स्थानीय प्रशासन, स्थानीयबासी र ठेकेदारबीच चैत १५ गतेभित्र सुरुको खण्डको ५ सय मिटर कालोपत्रे गर्ने र बाँकी सडक खण्ड वैशाख १५ सम्म कालोपत्रे सम्पन्न गर्ने सहमति भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्