Logo
२९ बैशाख २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ वर्षिया छोरीसंगआमा पनि सँगसँगै दिए एसइई परिक्षा

सर्लाही : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ अन्तर्गत सर्लाहीको एक परीक्षा केन्द्रमा आमा र छोरीले सँगसँगै परीक्षा दिएका छन् । चक्रघट्टा गाउँपालिका–७, सगरदिना निवासी मन्तोर देवी राम र उनकी छोरी आरती कुमारीले देवधारी उमावि सुन्दरपुर सुखचैना परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन्। जनता मावि औरहीमा अध्ययनरत आमाछोरी नियमिततर्फ एसइईमा सहभागी बनेको औरहीका प्रधानाध्यापक लक्ष्मीकान्त यादवले जानकारी दिए।

छोरी आरतीले १ कक्षादेखि नै सो विद्यालयमा पढेपनि आमा मन्तोर देवीले भने आठ कक्षामा भर्ना भएर अध्ययन सुरु गरेको सो विद्यालयले जनाएको छ । मन्तोर देवी औरही स्वास्थ्य चौकी स्थित वर्थीङ सेन्टरमा सुडेनीको समेत काम गरिरहेकी छिन्।

नियमिततर्फ ८ हजार ५९२ जनाले फारम भरेकामा ५८ जनाले राजश्व नै नबुझाएको र राजश्व बुझाएका मध्ये पनि विहीबार ८ हजार ३४८ जनाले मात्र परीक्षामा सहभागिता जनाएको जिल्ला शिक्षा कार्यालय परीक्षा फाँट प्रमुख दिपक काफ्लेले जानकारी दिए । त्यस्तै एक्जाम्टेड समूहतर्फ ५३९ जनाले फारम भरेकामा ८८ जना अनुपस्थित भएका छन् भने प्राविधिकतर्फ १६० ले फारम भरेकोमा ४ जना अनुपस्थित भएका छन्।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्