Logo
२९ बैशाख २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षण कार्यलाई जागिर सम्झनेहरुले पेशा परिवर्तन गरे हुन्छ : शिक्षामन्त्री पोखरेल

महोत्तरी :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले शिक्षक पेशालाई जागिर सम्झनेहरुले पेशा परिवर्तन गरेर अन्य व्यवसाय गर्न आग्रह गर्नु भएको छ । बिहीबार साँझ गौशाला नगरपालिकाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षक पेशालाई जागिरको रुपमा मात्र लिन नहुने बताउनुभयो ।

वर्तमान परिवेशमा हातमा डिग्रीको प्रमाणपत्र भएर मात्र केही नहुने भन्दै उहाँले सभ्य समाज निर्माणका लागि शैक्षिक गुणस्तर बढाउनु पर्नेमा जोड दिनुभयो ।  उहाँले प्राविधिक र प्रतिभायुक्त शिक्षाले मात्र नेपालको विकास सम्भव हुने बताउनुभयो ।

शिक्षा नीति विज्ञान र प्रविधिसँग जोडिनुपर्ने बताउँदै उहाँले अबको शिक्षा नीति निर्माण गर्दा स्थानीय तहले यसबारे बिचार पुर्‍याउनु पर्ने बताउनुभयो ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्