Logo
२९ बैशाख २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन सम्बन्धि छुटै विश्वविद्यालय खोल्ने सरकारको तयारी

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटनको योगदान २५ प्रतिशत पु¥याइने गरी कार्ययोजना तयार भइरहेको बताएका छन् । पर्यटन पत्रकार संघ ९जाट–नेपाल० का प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले जिडिपीमा अहिले भइरहेको ३।५ प्रतिशत हाराहारीको योगदानलाई बढाउने गरी कार्ययोजना बनाइरहेको बताउँदै भन्नुभयो, “अबको एक वर्षमा पर्यटन क्षेत्रमा आम नेपालीले नयाँ महसुस गर्नुहुनेछ ।”

सन् २०२० सम्ममा १५ लाख पर्यटक नेपाल भित्र्याउने गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो । मन्त्री अधिकारीले पर्यटन पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिने र बाँकी निजी क्षेत्रको सहयोगमा दिगो विकासको कार्ययोजना अगाडि बढाइने बताए।

पर्यटन विश्वविद्यालयको स्थापना गर्न आफू लागिपरेको उल्लेख गर्दै उनले आगामी दिनमा गुणस्तरीय पर्यटक भित्र्याउने दिशामा सरकार अगाडि बढ्ने बताए । जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले धार्मिक पर्यटन, कला र संस्कृतिलाई जोड दिँंदै मौलिक पर्यटकीय गन्तव्यको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । (रासस)

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्