Logo
२३ बैशाख २०८१, आईतबार
(March 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकियो राष्ट्रपति चयनका लागि मतदान : मनिष सुमन समेत १४ सांसद अनुउपस्थित

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले मतदान गरेनन् । प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् । राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

राजपाका प्रदेश सांसद मनिसकुमार सुमन समेत विवेकशिल साझा पार्टी का प्रदेश सांसदहरु अनुउपस्थित भएका छन् ।त्यस्तै नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रपति चुनावमा मतदान बहिस्कार गरेको छ । राष्ट्रपति चुन्न संघीय ससद परिसरमा भएको मतदानमा नेमकिपाका एक जना प्रतिनिधिसभा सदस्य र २ जना प्रदेशसभा सदस्यले मतदान नगरेका हुन् ।

वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।  सांसद प्रेम सुवालले चुनावी मैदानमा रहेका पार्टीहरुसँग छलफल र सहमति नभएका नभएकाले भोट नहालेकाे बताए । नयाँ शक्ति र विवेकशील साझा पार्टीले पनि मतदानमा भाग लिएनन् ।

संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता ।
संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता ।

तस्विरहरु : रासस

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्