Logo
२३ बैशाख २०८१, आईतबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीको भनाई-‘सरकारी कार्यालय दलाली र माफियाका कब्जामा छन्’

भक्तपुर : प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताउनुभएको छ । आज भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उहाँले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पु¥याएको बताउनुभयो ।

“सरकारी कार्यालयमा संस्थागतरुपमै भ्रष्टाचार भइरहेको छ, पैसा नखुवाइकन काम गर्नसक्ने अवस्था नै छैन, जहाँ गयो त्यहीँ भ्रष्टाचार हुन्छ,” मुख्यमन्त्री पौडेलले भन्नुभयो–“सारा माफियाको सञ्जाल फैलिएको छ, जहाँ गएपनि दलाललाई नसमातिकन काम गर्न सकिँदैन, सबै कार्यालय दलालीहरूले कब्जा गरेका छन् ।”

भ्रष्टाचारको जालोलाई च्यात्दै भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सबैले प्रतिबद्ध भएर लागे देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–“अबका दिनमा यो मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ, अब हामी बचन दिन्छौँ, भ्रष्टाचारबाट देशलाई मुक्त गर्छौँ ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले आजदेखि नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा भएको बताउँदै नगरपालिकाले स्वास्थ्यको सबै जिम्मेवारी पुरा गर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाभित्रका १८ जना ज्येष्ठ नागरिक, दुईजना दलित नागरिक, स्वास्थ्य स्वयंसेविका लगायतलाई सम्मान गरिएको थियो । रासस

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्