Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागी भए मधेशमा पस्न नदिने युवाहरुको चेतावनी

काठमाडौं : सरकारमा सहभागी भए आफ्ना नेतालाई मधेशमा पस्न नदिने मधेशी युवाहरुले नै चेतावनी दिएका छन् ।जनकपुरका आन्दोलनकारी युवाहरूको एक संगठनले सरकारमा सहभागी नहुन र राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान नगर्न आफ्ना नेताहरुलाई सचेत गराएका हुन । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपाललाई चेतावनी दिँदै जारी विज्ञप्तिमा आफूहरुको चेतावनी बेबास्ता भए ती दलका नेतालाई मधेस प्रवेशमा रोक लगाइने उल्लेख छ ।

जनकपुरको जनकचोकमा बसेको उक्त बैठकमा युवाहरू लवकुमार झा, नविन यादव, अशोक साह, मुञ्जय राउत, शंकर साह, सरोज साह, मनोज भगत, पंकज साह, सन्तोषकुमार सिंह लागायतको उपस्थिति रहेको बुझिन्छ । संघीय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुनु मधेशी जनताको भावना विपरित रहेको उनीहरुको ठम्याई छ ।

मधेस आन्दोलनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठबन्धनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनको आगुवाई गरेका युवाहरूको संगठन संयुक्त मधेस संघर्ष समितिको आज बसेको बैठकले मधेसकेन्द्रित दलहरूलाई खबरदारी गर्ने निर्णय गरेको बताइएको छ ।

समितिका संयोजक धर्मेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले मधेसवादी दलहरूलाई नेपाल सरकारसंग संविधान संशोधन कति दिनभित्र गर्ने हो त्यसको लिखित सम्झौता गर्न, जबसम्म संविधान संशोधन हुँदैन तबसम्म कुनै पनि हालतमा सरकारमा सहभागी नहुन, राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान नगर्न भनेको छ ।

 

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्