Logo
५ जेष्ठ २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप छनोटका लागि नेपालले आज स्कटल्यान्डको सामना गर्दै

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकाल्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको स्कटल्यान्डसँग नेपालले बिहीबार प्रतिस्पर्धा गर्दैछ।

गत संस्करणको छनोटको विजेता स्कटल्यान्डले पहिलो खेलमा सानदार जित निकाल्यो। पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको अफगानिस्तानमाथि ७ विकेटको जित निकालेको स्कटल्यान्डले पहिलो दिन आफु बलियो भएको सन्देश दिएको थियो। दोस्रो खेलमा पनि हङकङसँग स्कटल्यान्डको फर्म उस्तै देखियो। पहिले ब्याटिङ गरेको हङकङलाई स्कटल्यान्डले ९१ रनमै अलआउट गरेको थियो। यद्यपी झिनो लक्ष्य भएपनि स्कटल्यान्डले ६ विकेट गुमाएर पार गरेको थियो।

अफगानिस्तान विरुद्धको खेलमा नटआउट १ सय ५७ रन प्रहार गरेका कोलुम म्याकलियोर्ड स्कटल्यान्डका भरपर्दा ब्याट्सम्यान हुन्। यस्तै हङकङ विरुद्ध टम सोल र एलास्डयर इभान्सले उत्कृष्ट बलिङ गरे। ४ विकेट लिन १५ रन मात्र खर्चिएका सोल खेलको म्यान अफ दि म्याच बनेका थिए। पहिलो खेलमा चुकेका कोइटर पनि स्कटल्यान्डको ब्याटिङ लाइनअपका खम्बा हुन्। यी खेलाडीले नेपालका लागि बाधक बन्न सक्छन्।

अर्को तर्फ स्कटल्यान्डले सुरुवातै दुवै खेल सहज रुपमा जितेको थियो। ब्याटिङतर्फ मध्यक्रम राम्रोसँग चल्नु र दुवै खेलमा फरकफरक बलर चम्कनु स्कटल्यान्डको बलियो पक्ष हो।

पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपालले चार दिन आराम गरेपछि दोस्रो खेल खेल्दैछ। पहिलो खेलमै टेस्ट मान्यता प्राप्त टिमसँग प्रतिस्पर्धा गरेको नेपालको बलिङ अपेक्षाकृत हुन सकेन। तर ब्याटिङमा भने नेपालले सुदृढ प्रदर्शन गर्‍यो। खेलमा आरिफ शेख र सरद भेषावकरले अर्धशत प्रहार गरेका थिए।

नेपालका प्रशिक्षक जगट टमाटा पनि पहिलो खेलबाट अनुभव प्राप्त गरेकाले दोस्रो खेलमा दबाबरहित खेल्नेमा विश्वस्त छन् । उनले दोस्रो खेलमा जितका लागि खेल्ने बताए।

आइसिसीले नेपाललाई ठूलो टिम विरुद्ध कसरी जित निकाल्ने थाहा भएको विश्लेषण गरेको छ। आइसिसीको विश्लेषणको आधारमा पहिलो दुई खेलमा सानदार जित निकालेको स्टकल्यान्डलाई नेपालले पराजित गरे त्यो सामान्य हुनेछ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्