Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निकायले जनताको जीवनस्तर उकास्ने योजना बनाउनुपर्ने : मन्त्री राई

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताएका छन् ।

नेपाल नगरपालिका संघको प्रदेश नं १ प्रादेशिक भेलालाई आज सम्बोधन गर्दै उनले प्रदेश सरकारले छिट्टै ऐन कानुन निर्माण गरेर विकास निर्माण तथा जनतालाई दिने सेवालाई प्रभावकारी ढंगले गर्ने उल्लेख गरे ।

अबको एजेन्डा भनेको मुलुकको विकास र आर्थिक समृद्धि भएकाले सोहीअनुसार स्थानीय निकायले जनताको जीवनस्तर उकास्ने तथा रोजगारमूलक योजनाहरू बनाउनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताको आर्थिक उन्नति र विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए । एक दिने भेलामा प्रदेश नं १ का एक महानगरपालिकासहित उपमहानगर, नगरपालिकाका प्रमुख र उपप्रमखहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्