Logo
१६ बैशाख २०८१, आईतबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दिने भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा

काठमाडौँ : पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि सोमबार दिउँसो आइपुगेका छन् । उनी बिशेष बिमानबाट ३२ सदस्यीय टोलीसहित आएका हुन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आएका हुन् ।

ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिनेछन् भने त्यहीं नै दुईपक्षीय वार्ता गर्नेछन् । भेटमा दुई नेताबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने र यसबारे सबै तयारी पूरा भइसकेको प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताएका छन् । अब्बासीको भ्रमणअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरेको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्