Logo
५ जेष्ठ २०८१, शनिबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकदिवशिय विश्वकप छनोटको तयारी खेलमा नेपाल यूएईसँग भिड्दै

काठमाडौं : आगामी साता जिम्बावेमा सुरु हुन लागेको एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटको तयारीस्वरुप नेपालले मंगलबार अभ्यास खेलमा यूएईसँग खेल्दै छ। जिम्बावेको स्थानीय मैदानमा यो खेल सबा १ बजे सुरु हुने छ। यी दुवै टोली केही साताअघि नामिबियामा सम्पन्न वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा दुईपटक आपसमा भिडेका थिए।

राउन्ड रोबिन चरणमा नेपालले यूएईलाई चार विकेटले हराएको थियो भने फाइनलमा यूएईसँग भिडेको नेपाल झिनो अन्तरले पराजित भएको थियो। यी दुवै टोली सोही प्रतियोगिताबाट विश्वकपको छनोटमा पुगेका हुन्।

विश्वकप छनोट आगामी मार्च ४ देखि सुरु हुँदै छ। प्रतियोगितामा १० टोली भिड्दैछन् जसमा चार वटा टेस्ट र ६ वटा एसोसिएट छन्। यस प्रतियोगिताबाट दुई टोली विश्वकप पुग्नेछन् भने नेदरल्यान्ड्ससहित चार एसोसिएटले एकदिवशिय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।

प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ। नेपालले पहिलो चरणमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डको सामना गर्ने छ। नेपालले आफ्नो पहिलो खेल मार्च ४ मा जिम्बावेविरुद्ध रहेको छ। त्यसअघि मार्च १ मा नेपालले दोस्रो अभ्यास खेलमा हङकङविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्