Logo
२० बैशाख २०८१, बिहीबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनमा जिपिएस जडान

सुर्खेत : दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न थालिएको छ । कर्णाली प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने सवारी साधनलाई दुर्घटनाबाट बचाउन प्रदेश सरकारको ४० बुँदे योजनाअनुसार जिपिएस जडान गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए ।

कर्णाली राजमार्गका केही स्थानमा सञ्चार सम्पर्क हुन नसक्ने हुँदा उक्त प्रणाली जडान गरेपछि सवारी साधन कहाँ, कति दूरीमा पुग्यो भन्ने थाहा पाउन, तत्काल दुर्घटना भएमा त्यसको जानकारी पाउन र उद्धार गर्न सहज हुने उनले जानकारी दिए । प्रहरीका सात वटा गाडीमा र सार्वजनिक यातायातका एउटा गाडीमा सोमबार जिपिएस जडान गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

कर्णाली राजमार्ग अन्तर्गत सबै ठाउँमा सञ्चार सम्पर्क नहुने भएकाले कालीकोटको कालिका डाँडामा नेपाल टेलिकमको रिपिटर टावर राखिएमा कर्णाली राजमार्गका सबै सडकमा जिपिएस ट्र्याकरका माध्यमबाट सम्पर्क हुने उनको भनाइ छ ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्