Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनिबारको बैठकले प्रदेश ६ को नाम र स्थायी राजधानी तोक्दै

सुर्खेत : प्रदेश ६ को नामाकरण र स्थायी राजधानीका लागि दुई-दुईवटा नाम प्रस्ताव गरिएको छ । बैठक दिउँसो एक बजे बस्ने छ । शनिबार बस्ने प्रदेशसभाको चौथो बैठकमा प्रदेशको स्थायी राजधानी र नामबारे छलफल हुने उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् । नामका लागि ‘भेरी-कर्णाली’ र ‘कर्णाली’ प्रस्ताव गरिएको छ । यसैगरी राजधानीका लागि सुर्खेत र जुम्ला प्रस्तावित छ ।

संविधानले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार सम्वन्धित प्रदेशसभालाई नै दिएको छ । प्रदेश ६ को अस्थायी राजधानी सरकारले सुर्खेत तोकिदिएको छ भने नाम राखिएको छैन । यसअघि गत बुधबार निर्धारण गरिएको बैठक सांसदहरुको अनुपस्थितिका कारण बस्न सकेको थिएन ।

महत्वपूर्ण एजेण्डामा बस्न लागेको बैठकमा पनि सांसदहरु उपस्थित नभएपछि आलोचना भएको थियो । शनिबारको बैठकमा अनिवार्य उपस्थित हुन सबै राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् ।

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्