Logo
५ जेष्ठ २०८१, शनिबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तालाबन्दीका कारण सिरहा क्याम्पसमा तीन महिनादेखि पठनपाठन अवरुध

सिरहा : क्याम्पस प्रशासनले गरेको नियुक्ति बदरको माग राख्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले सुर्य नारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा गरेको तालबन्दीका कारण पठनपाठन अवरुद्ध बनेको छ । गत असोज पहिलो सातादेखि क्याम्पसमा भएको तालाबन्दी खुलाउन पटक पटक भएको सर्वपक्षीय छलफलबाट समाधान निस्केको छैन् । तत्कालिन क्याम्पस प्रमुख रामहित यादवको पालामा भएको नियुक्ति गैरकानुनी भएको भन्दै अनेरास्वीयुले बदरको माग राख्दै तालाबन्दी गरेको हो ।

तालाबन्दी कारण तीन महिनादेखि पठनपाठन अवरुध भएको छ । क्याम्पस बन्द हुँदा एमएड प्रथम वर्षका विद्यार्थीले परिक्षा फारम भर्न पाएका छैनन् । फारम भर्ने अन्तिम मिति माघ १९ सम्मको थियो । ‘गैरकानुनी नियतm बदर गराउन हामी आन्दोलित छौं,’ अनेरास्ववियुका अध्यक्ष सुदन कुसियैतले भने,‘ क्याम्पस प्रसाशनले नियुतिm बदर गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म तालाबन्दी जारी खोल्दैनौ ।’ क्याम्पसको कामकाज पारदर्शी गरी पठनपाठन भरपर्दो बनाउने जिम्मा पाएकाले नै गैरकानुनी र अपारदर्शी काम गरेपछि क्याम्पसको शैक्षिक स्तर कसरी उभो लाग्छ ? उनले प्रश्न गरे ।

तालाबन्दीकै बेला कर्मचारी आन्दोलित 

अनेरास्वीयुले तालाबन्दी गरेपछि प्राध्यापक तथा क्याम्पस कर्मचारीहरुले वक्यौता तलब पाउनुपर्ने माग राख्दै ‘पेन डाउन’ गरे । सुरुमा ताला खुलाउन क्याम्पस प्रमुख यादवले विभिन्न रणनीति अपनाए । तर, ताला खुलेन । त्रिभुवन विश्व विद्यालयबाट आएको तीन सदस्यको छानविन टोली क्याम्पस प्रसाशनसँग भेटेर फर्केका थिए । आफूहरुसँग नभेटी टोली फर्केको भन्दै अनेरास्वीयु विच्कीयो । जसले अवस्था झनै असहज बन्यो ।

आफु नियमको अधिनमा रहेर नियुक्ति गरेको क्याम्पस प्रमुख यादवको दाबी छ । तर, त्रिविले निमित्त क्याम्पस प्रमुखको रुपमा कृष्ण कुमार यादवलाई पठाइएको छ । रामहितकै पक्षधर भएर विगतमा सघाउ पु¥याएका कृष्ण कुमारमाथि विद्यार्थी संगठनको खासै विश्वास छैन् । उनीहरुले निकास आउने गरी लिखित प्रतिबद्धता नआएसम्म तालाबन्दी जारी राख्ने आन्दोलनरत पक्षले जनाए । कृष्ण कुमारले दाबी गर्दै भने,‘आफुले पाएको जिम्मेवारी र त्रिविको सुझाव सबैको सामु राखेर निकास निकाल्छौं ।’

राजनीतिक भागबण्डा अनुसार सिरहा क्याम्पस प्रमुखको कोटा माओवादीको परेको छ । ‘शासन नीतिमा परिवर्तन आयो । अरु निकायको स्वरुप फेरियो,’ युवा नेता दिनेश यादव भन्छन्,‘तर, क्याम्पस प्रमुखको पद भागबण्डा गर्ने परिपाटी फेरिएन । यो फेरिनुपर्छ ।’ उनका अनुसार राजनीतिक भागबण्डाका कारण देशभरीकै क्याम्पसको अवस्था पटक–पटक अस्तव्यस्तको मोडमा पुगेको विगत साक्षी छ ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्