Logo
२३ बैशाख २०८१, आईतबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अग्नि खरेलद्धारा नेकपा एमालेको केन्द्रीय सदस्य पदबाट राजीनामा

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सदस्य पदबाट अग्नि खरेलले बुधबार राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार महान्यायाधिवक्तामा पदमा नियुक्त भएपछि खरेलले उक्त पदबाट राजीनामा गरेका हुन् ।

अग्नि खरेलले पार्टी अध्यक्षलाई बुझाएको राजीनामामा महान्यायाधिवक्ता पदको संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन्।

खरेललाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्