Logo
२३ बैशाख २०८१, आईतबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२३ पाउण्डको केक काटेर माओवादी केन्द्रले मनायो २३ औँ जनयुद्ध दिवस

काठमाडौं : नेकपा माओवादी केन्द्रले २३ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । सो अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ पाउण्डको केक काटे । पूर्व जनमुक्ति सेना नेपालको आयोजनामा सो चियापान गरिएको हो ।

वि.सं. २०५२ फागुन १ गते माओवादीले सुरु गरेको जनयुद्ध ०६३/६३ को जनआन्दोलन हुँदै ०६३ साल मंसिर ५ गते बृहत् शान्ति सम्झौतामार्फत् टुंगिएको थियो । जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले पेरिस डाँडामा चियापान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्