Logo
६ जेष्ठ २०८१, आईतबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा कार्यरत प्रदेश नम्बर २ का पत्रकारहरुको भेला

काठमाडौं : प्रदेश नम्बर २ मा घर भई राजधानीमा कार्यरत रहेको संचारकर्मीहरुको सोमबार एक भेला सम्पन्न भएको छ । परिचयात्मक कार्यक्रमको उद्देशयले बिजुली बजार स्थित हुकुम पार्टी प्यालेसमा दिउँसो १२ बजे आयोजना गरिएको सो कार्यक्रममा बिरगंज देखि सप्तरी सम्मका सय भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी प्रकाश तिमल्सिनाका अनुसार प्रदेशको समृद्धिप्रतिको संचारकमीहरुको दायित्व बोध र उक्त कार्यमा सबैको साझा सहभागिताको उद्देश्य राखि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा संचारकर्मीहरुले प्रदेशको विभिन्न जिल्लामा रहेका विकासका पुर्वाधार र समृद्धिको निम्ति आवाज उठाउन पछाडि नपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अध्यक्षता र प्रमुख अतिथि बिना नै सम्पन्न यस क्रायक्रममा अधिकांश वक्ताहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र राजधानीमै बसेर आफ्नो गाउँ ठाउँको लागि गर्न एक जुट हुनै पर्ने आवश्यक्तामा जोड दिएका थिए ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्