Logo
२३ बैशाख २०८१, आईतबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाले टुंग्यायो यी ६ नेतृको अन्तिम समानुपातिक सुची

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रतिनिधि सभामा समानुपातिकतर्फका सदस्यहरुको टुँगो लगाएको छ । उस्ले बिभिन्न क्लस्टरहरुबाट जम्मा ६ जनाको अन्तिम सुचि तयार पारेको हो । समानुपातिक तर्फ राजपाले पठाउनुपर्ने नामावलीमा ६ ओटै सीटमा महिला नै पठाउनु पर्ने बाध्यता राजपालाई रहेको छ ।

राजपा अध्यक्ष मण्डलको बैठकले ६ जनाको नाम अन्तिम टुँगो लगाएको हो । उक्त नामावलीमा नरमाया ढकालको नाम भने छैन् । ढकालको नामको विषयमा यसअघि निकै चर्चा भएको थियो । राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाका अनुसार आदिवासी जनजाति महिला कोटामा रानी मण्डल र अमृता अग्रहरी परेकी छन् ।

यसैगरी खस आर्य महिलातर्फबाट निर्जला राउत, मधेशी महिलाको तर्फबाट चन्दा चौधरी, दलित महिलाको तर्फबाट दुलारीदेवी खंग र खस-क्षेत्रीबाटै रेनु शर्माको नाम तय गरेको हो । यसअघी मुस्लिमबाट चुन्नी खातुनको नाम तय गरेको थियो तर पछि काटिएको हो ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्