Logo
२३ बैशाख २०८१, आईतबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकता र सरकार गठन संँगसँगै : भीम रावल

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताए । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताए ।

देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको उनको भनाइ थियो । पार्टी एकीकरण प्रक्रियाबारे पार्टीभित्र र बाहिर विभिन्न धारणा आउनु स्वाभाविक भएको उपाध्यक्ष रावलले बताए । “वर्तमान सरकारले निर्वाचन आचारसंहिता, देश र जनताको चाहना विपरीत गरेका विभिन्न निर्णयहरू आगामी सरकारले पुनरावलोकन गर्नेछ”, उनले भने, ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्