Logo
२३ बैशाख २०८१, आईतबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबको नयाँ सरकारले कृषिलाई प्राथमिकता दिन्छ : अध्यक्ष दाहाल

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको सरकारले किसानको हित हुने गरी नीति ल्याउने र किसानको हकहित र संरक्षण गर्ने नीति राज्यले अहिलेसम्म ल्याउन नसकेको बताउँदै उनले अब बन्ने नयाँ सरकारले किसानमैत्री नीति ल्याउने बताए । रामनगरमा शनिवार आयोजित नेपाल अण्डा उत्पादक सङ्घको १४औं केन्द्रीय साधारणसभामा उनले यस्तो बताएका छन् ।

अध्यक्ष दाहालले भरतपुर महानगरपालिका–१, रामनगरमा बन्न लागेको सङ्घको भवनको शिलान्याससमेत गरेका थिए । उक्त भवन करीब ७५ लाख रुपैयाँमा निर्माण गरिने सङ्घले जानकारी दिएको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अण्डामा देश आत्मनिर्भर भए पनि किसानले अझैसम्म लागत मूल्य नपाएको, चल्लाको स्थिर मूल्य नभएको र राज्यले दिने भनिएको ५ प्रतिशत सहुलियत ब्याजमा कर्जासमेत नपाएको गुनासो गरे ।

कार्यक्रममा सहभागी सबै व्यवसायीले देश प्रादेशिक संरचनामा जाँदै गर्दा कृषिक्षेत्रमा अनावश्यक कर नलगाउन आग्रह गरे ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्